After header

मुक्तानलाई गैससको सम्मान

काभ्रे/  गैर सरकारी सस्था महासघं नेपाल जिल्ला शाखा काभ्रेले निवर्तमान कार्य समितिका सचिव गुणराज मुक्तानले एक कार्यक्रमको बिच सम्मान गरेको छ ।

यही चैत्र २१ र २२ गते काठमाडौमा सम्पन्न सामुदायिक भएको सामुदायिक बिद्यालय ब्यवस्थापन समिति महासंघको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रिय अध्यक्ष हुनुभएकोमा महासंघले बधाई तथा शुभकामना प्रदान गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा गैर सरकारी सस्था महासंघ नेपाल काभ्रेका अध्यक्ष गंगा दोङ, सचीव सुमन खड्का, कोषाध्यक्ष रमेश गौतम निवर्तमान अध्यक्ष टोम प्रसाद सापकोटा, सदस्य सुनिता तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

लामो समय शिक्षा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभएका मुक्तानलाई सामुदायिक बिद्यालय ब्यवस्थापन समिति महासंघको केन्द्रिय अध्यक्ष भए पश्चात् विभिन्न संघ सस्थाहरुले सम्मान गर्दै आएको छ ।

एक पटक पढ्नुहोस