After header

होम परिबागका दुई पुस्तक पुनः प्रकाशन

काठमाण्डौ ।

साहित्यकार होम परिबागगद्वारा लिखित सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वरसम्राट नारायण गोपालमाथि लेखिएका पहिलो पुस्तक ‘यात्राहरू नारायणगोपालका’ पुन: प्रकाशन भएको छ ।

तीन दशकअघि लेखक परिबागद्वारा लिखित यी दुईवटा पुस्तक ‘नेपाल बुक्स् पब्लिशर्स, सोसाइटी बुक्स’ले पुनः बजारमा ल्याएको हो।

नयाँ वर्षको अवसर पारेर साहित्यकार तुलसी दिवस, कथाकार माया ठकुरी, ने.रा.प्र.का. उपकुलपति विमल निभा, ध्रुवहरि अधिकारी, शरदचन्द्र वस्ती, कलाकारहरु विश्व वस्नेत, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, शिव श्रेष्ठ, प्रेमराजा महत, आलोकश्री, विनोद मानन्धर, मोहन निरौला, सुनिल थापालगायत लेखक साहित्यकारहरु माझ उक्त पुस्तक विमोचन गरिएको सोसाइटी बुक्सले जानकारी दिएको छ।

पञ्चायतकालमा नेपाली समाजमा देखिएको सामाजिक, आर्थिक र मनोवैज्ञानिक संरचनालाई उपन्यास ‘याद हराएको मान्छे’मा समेटिएको छ।

पात्रहरु वसन्त, सुनिता खरदार, झनक सिंह, खजुरमैना तथा काजी कर्णविरको मनोविज्ञान, आर्थिक तथा पारिवारिक स्थितिले समाजमा बदलिएको परिस्थितिलाई बुझ्न नसक्दा र देश तथा समाजले वसन्त जस्तो नवजवानलाई सम्भावना र रचनात्मकताका खोजी गर्न प्रेरित गर्ने अवसरहरु नदिँदा एक नवयुवा जोडीले आफ्ना जीवनलाई कसरी बर्बाद गर्न पुगे भन्ने विषयलाई उपन्यासले प्रस्तुत गरेको पाइन्छ।

एक पटक पढ्नुहोस