After header

मुकेश कायस्थलाई सहिद घोषणा गर्न माग

शुकदेव थपलिया

काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थलाई राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गर्न माग गरिएकाे छ । उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएका कायस्थलाई सहिद घोषणा गर्न बनेपामा रहेका राजनीतिक दलहरुले माग गरेकाे हुन् ।

९ दलकाे बैठकले कायस्थलाई सहिद घोषणा गरि राष्ट्रिय सम्मान गर्न, मुकेशको निधनमा बनेपा नगरमा एक दिन शोक विदा दिन र अन्त्येष्टि खर्च बनेपा नगरपालिकाबाट बेहोर्न अनुराेध गरेकाे छ । मुकेश कायस्थको शवलाई बनेपा नगरपालिकाको प्राङ्गणमा ११:३० बाट राखिने त्यसपछि नगर परिक्रमा गरिने उग्र तिर्थ घाटमा अन्तिम सस्कार गरिने तयारी छ ।

मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको १४ वर्षका थियो ।

यसैक्रममा दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुस्ख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले भनेका छन्, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’

मुकेश कायस्थलाई सहिद घोषणा गर्छौ स् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी
मुकेश कायस्थको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुकेश कायस्थलाई सहित घोषणा गर्ने बताएका छन् ।
कायस्थलाई श्रदाञ्जली व्यक्त गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा लगायतले स्वर्गीय मुकेश कायस्थप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बनेपा नगरपालिकामा आज शोक विदा, नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यालय बन्द हुने ।
May be an image of temple and text
एक पटक पढ्नुहोस