After header

मधेस प्रदेश प्रहरी प्रमूखद्वारा हिरासत कक्षको निरीक्षण, निर्देशन र सम्बोधन

बारा /

मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. जनक भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय बाराको हिरासत कक्ष, कार्यालय भवन, विभिन्न शाखाहरु, मेष तथा व्यारेक समेतको निरीक्षण गरेका छन् । जि.प्र.का. बारा मातहत प्रहरी युनिट प्रमुखहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भएको हो ।

निर्देशन सम्बोधनको क्रममा वाहाँले अवैध भन्सार चोरी निकासी पैठारीको प्रभावकारी नियन्त्रण गर्ने, सिमानाकामा रहेका प्रहरी युनिटहरुको निरीक्षण तथा कार्यसम्पादन अनुगमन तथा निर्देशन दिने, जाली नोट तथा हुण्डी कारोवार नियन्त्रण गर्ने, मिटर ब्याज नियन्त्रणलाई प्रभावकारी बनाउने, संगठित अपराध तथा अपराधिक गतिविधी नियन्त्रण गर्ने, अपराधिक गतिविधी नियन्त्रणमा प्रविधिको प्रयोगलाई बढावान्त्म  निर्देशन दिनुभएका छन् ।, साईबर अपराध नियन्त्रण तथा साईबर अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गर्ने, फरार प्रतिवादी पक्राउलाई अभियानको रुपमा संचालन गर्ने, विचौलियाहरुको नियन्त्रण गर्ने, पेन्डिङ मुद्दा फर्छ्यौट, ट्राफिक दुर्घट्ना नियन्त्रणका उपायहरु अवलम्बन गरी ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने, नागरिकमैत्री नवप्रवर्तनीय कार्यहरु संचालन गर्ने तथा कार्यालय संचालन व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई गैह्र व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नभई उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ।

एक पटक पढ्नुहोस