After header

नेपालमा पहिलो पटक कोटिहोम काभ्रेको बल्थलीमा हुने

काभ्रे/  काभ्रेपलाञ्चोक जिल्लाबाट राष्ट्रिय कोटिहोम रथयात्राको सुरुवात गरिएको छ । नेपालको गौरव भनेकै धार्मिक, सम्पदा, सँस्कृति र प्रकृति रहेकाले यी क्षेत्रको थप प्रचार गर्ने उदेश्यले रथयात्राको सुुरुवात गरिएको हो ।आईतबार ॐकार फाउण्डेशनले बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै रथयात्राको बारेमा जानकारी दिएको छ ।

ॐकारका संस्थापक अरुण पाण्डेका अनुसार राष्ट्रिय धार्मिक साँस्कृतिक महिमा र गरिमालाई संसारभरी फैलाउने उदेश्यले बिस २०८० माघ शुल्कपक्षदेखि पनौती नगरपालिका वडा नं ११ बल्थलीमा कोटिहोम आयोजना गर्ने उदेश्यले रथयात्रा हुन लागेको हो ।
रथलाई काभ्रेपलाञ्चोक जिल्लाका सबै मुख्य धामिर्कस्थलमा र ७७ जिल्लाका सदरमुकाममा लिएर जाने उदेश्यले रहेको आयोजक संस्थाका मुकुन्द पौडेलले जानकारी दिए । त्यसका लागि यातायात व्यवस्था विभाग र गृहमन्त्रालयबाट स्वीकृती समेत लिइरहेको उनले पत्रकार सम्मेलनमा स्पष्ट पारे ।

कोटिहोमका संकल्पकर्ता मुकुन्द शर्मा हुँमागाईले बल्थली क्षेत्रको थप प्रचार हुने बताए । उहाँहरुकै पहलमा बल्थलीमा १०८ फिटको शिवको त्रिशुल निर्माण गरिएको हो । जसमा २० हजार किलोभन्दा धेरै फलाम र तामाको प्रयोग गरिएको छ ।
पंञ्चाङ निर्णायक समितीको साईत अनुसार वैशाख २० गते सो रथलको सुभ साईतको काम सुरु गरेर सोमबार चण्डेश्वरी मन्दिरको दर्शनबाट रथयात्राको सुरुवात गर्ने कार्यक्रम अघि बढेको छ ।

रथको च्यासिस तथा साजसज्जा सजावट गर्नका लागि एक करोड रुपियाँ खर्च भएको छ । त्यस्तै कोटी होममा १०८ जना ब्राम्हणले एक महिनासम्म नित्य कर्मका साथ होम गर्नेछन । त्यसका लागि करोडौं रुपियाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि ६ सय जनाले कर्ता रहने गरि ५१ सय रुपियाँको सहयोग गर्ने प्रतिबद्धता गरिसकेका छन् ।

३३ जनाले भने ५१ हजारको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तो खालको महायज्ञ द्वापर युगमा भएपछि नभएको मानिन्छ । यस्तो महायज्ञ राजा महाराजाले मात्रै गर्न सकिने र निक्कै कठोर मानिन्छ । महायज्ञमा एक लाख किलो चरु होम गरिनेछ ।


कलियुगको प्रभावले हाल संसारभर विकृती विसंती र अधर्मको विस्तारहुँदै जाँदा धर्मको ग्लानी भएको छ । अतिवृष्टि, अनाविष्टी,वातावरण प्रदुषण, महाभुकम्प, कोरोना महामारीजस्ता व्याधी प्रकोप,अनिकाल,भोकमरी,अशान्ति,गृहभङ्ग, राष्ट्रभङ्ग जस्ता समस्याले संसार आक्रान्त भएको छ । सबै समस्या प्रकोप देश र देशबासीलाई बचाउन राज्यले कोटिहोम अतिरुद्री सहश्री चण्डी, जस्ता ठूल्ठूला यज्ञ गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ ।

हालको धर्मनिरपेक्ष राज्यप्रणाली र नास्तिकताले गर्दा राज्य स्वयमले यस्तो कार्य गर्न सक्ने अवस्था नरहेको सन्र्दभमा नागरिककै उत्साहले कोटीहोम गर्न लागिएको हो ।

एक पटक पढ्नुहोस