बनेपा/ काभ्रेको शैक्षिक विकासमा महत्वपुर्ण ईट्टा थप्न सफल ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले सस्थांका अध्यक्ष सुरकृष्ण वैद्यलाई प्रतिष्ठानमा आवद्ध परिवार सदस्यहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा विजयी भएकोमा शुक्रबार एक कार्यक्रम बिच उनलाई सम्मान गरिएको हो ।साथ–साथै सोही कार्यक्रममा, प्रतिष्ठानका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्यलाई नेपाल कराँते महासंघ बाग्मती प्रदेशको कोषाध्यक्ष पदमा विजयी हुनु भएकोमा र प्रतिष्ठानका सञ्चालक आत्माराम थापालाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रिय सचिव तथा हिमाल तराई यातायात प्रा.लि.को अध्यक्ष पदमा विजयी हुनुभएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई टिका, खादा, माला तथा सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो । कार्यक्रमका सभापति एवम् सहायक कलेज प्रमुख नवराज चौलागाई, सहायक प्रधानाध्यापक रत्नराज खतिवडा लगाएत प्रतिष्ठानका शिक्षक ÷शिक्षका तथा कर्माचारीहरुको तर्फबाट सम्मान, बधाई एवमं सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
