After header

इलाका प्रहरी कार्यालय बनेपाको अप्रेसन

बनेपामा यौनधन्दा सञ्चान गर्ने तिन जना पक्राउ

काभ्रे/  प्रहरी जनताको साथी र सेवक पनि हो । प्रहरीले आफूले चाहेर केही पनि गर्न सक्दैन । प्रहरीलाई जनताको साथ र सहयोग भयो भने प्रहरीले जस्तो सुकै घटनाको सफल अनुसन्धान गर्न पनि सक्छ । तर आफ्नो ठाउँ कस्तो र के भईरहेको छ भन्ने सुचना र आफ्नो हकअधिकार सामाजमा बस्ने ब्यक्तिले प्रयोग गर्न जरुरी छ ।

प्रहरीलाई सामाजमा भईरहेको गतिविधि बारे सजग गराउन समाजले नै सुचना र सहयोग गर्न आवश्यक छ । समाजमा भईरहेको नराम्रो कामका लागि सधैव प्रहरीलाई खबरदारी गर्न यही सामजको हकअधिकार लाग्छ । यति बेला इलाका प्रहरी कार्यालय बनेपाको सबैले प्रशंसा गरीरहेका छन् । समाजमा विकृति फैलिरहेको बारेमा इलाका प्रहरी कार्यालय बनेपामा सुचना पाइपछि लगतै बनेपा इलाका प्रहरी प्रमुख रेशम बोहोरा यति बेला कडा रुपमा प्रस्तुत भइरहेका छन् ।

उनलाई धेरै जसो फोन बनेपामा यौन धन्दा सञ्चालन भईरहेको छ । प्रहरीले केही पनि गरेन र प्रहरी होटल सञ्चालक सग पैसा खाएर खासै चासो दिईएन होटल तिर भन्ने मात्रै फोन आउन्थे । यसको सप्रमाण फेल पार्न ईलाका प्रहरी कार्यालय बनेपा निरन्तर होटलको निगारानी बढाउन तिर लाग्यो ।

जनताको गुनासो र समाजलाई नै बिकृति तिर लागिरहेको खबरले प्रहरीलाई चुनौती नै रह्रयो । यसका विषयमा आफू लगायत आफ्नो प्रहरीलाई यसका बारेमा सुचना सग्लनतिर लाग्न निर्देशन दिई यसैलाई मध्येनजर गदै आफूले छुट्टै अप्रेसन शुरु गरी र केही दिनमा बनेपाबाट दुईवटा होटलमा बेश्यबृद्धि भईरहेको होटलका सञ्चालकहरुलाई पक्राउ गरि अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख रेशम बोहोरलाई जानकारी दिए ।

बनेपा नगरपालिका वडा नं. १० पुलबजारमा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा बेश्याबृत्ति गरेको सुचनाको आधारमा प्रहरीले छापा मारेर मकवानपुर जिल्ल्ला बागती गाउँपालिका वडा नं. ७ स्थाई घर भई हाल बनेपा न.पा. वडा नं. १० मा तेमाल गेष्ट हाउस एण्ड खाजा घर सञ्चालन गरी बस्ने बर्ष ४२ को लालमान तितुङ र काभ्रेपलाञ्चोक जिल्ल्ला चौरी देउराली गाउँपालिका लामाटोल स्थाई घर भई हाल बनेपा न.पा. वडा नं. १० मा तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा काम गर्ने बर्ष २० को श्याम लामालाई पक्राउ गरिएको उनले बताए ।

त्यस्तै बनेपा नगरपालिका वडा नं. ८ मा रहेको लामा क्याफेमा अनैतिक कृयाकलाप गराएको अभियोगमा क्याफे सञ्चालक राधाकृष्ण मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पाएको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपा बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले होटलमा चेकचाँजको क्रममा होटल संचालकले ललाई फकाई, आर्थिक प्रलोभनमा पारी होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती रुपमा शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको रहेन्छ उनले भने ।

प्रहरीले उक्त क्याफेमा रहेका नावालिका र किशोरीहरु– ३ (तिन) जनालाई उद्धार गरी होटल संचालक काभ्रेपलाञ्चोक जिल्ला साविक सिपाली चिलाउने गा.बि.स वडा नं.८ हाल रोशी गा.पा. वडा नं. ६ स्थायी घर भई हाल बनेपा– ८ मा लामा क्याफे संचालन गरी बस्ने राधाकृष्ण मैनाली लाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कारवाहिको लागि आवश्यक अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख रेशम बोहोराले जानकारी दिए ।

अर्को
बनेपा १० पुलबजारमा सञ्चालन गरेको तेमाल होटल एण्ड गेष्ट हाउसमा पनि होटलका संचालकहरुले ललाई फकाई, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाई होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको कुरा खुल्न आएकाले उक्त होटल एण्ड गेष्ट हाउसमा रहेका नावालिका र किशोरीहरु– ५ (पाँच) जनालाई उद्धार गरेको उनले जानकारी दिए ।

होटल एण्ड गेष्ट हाउस संचालकहरुलाई कानुन बमोजिम पक्राउ गरी मानव बेचबिखन तथा ओसर पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट पहिलो पटकलाई ७ (सात) दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस