काठमाडौ / स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा काभ्रे बनेपाकी पार्वती थापालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ दशबिघा बस्दै आएकी ४६ वर्षीया पार्वती थापालाई ७ साख रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीटजरल्याण्ड पठाइदिन्छु भन्दै पटक–पटक गरी ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।