After header

२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न

काठमाडौँ/ यही जेठ ५ गते नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तरं) को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई आज सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका २१ जनालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूको पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाई संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्ने बताए ।

दर्ज्यानी चिह्न पाएका प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्रबहादुर सिंह, चित्रबहादुर गुरूङ, रामप्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरीया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहेका छन् ।

प्रहरी उपरीक्षक बसुन्धरा खड्का हाल तालिमको सिलसिलमा विदेशमा रहेकाले उनी बाहेक २१ जनालाई महानिरीक्षक कुवरले दर्ज्यानी चिह्न प्रदान गरिएको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको उपस्थिति रहेको थियो ।

एक पटक पढ्नुहोस