After header

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर  ।, मेची राजमार्गमा फिदिमबाट ताप्लेजुङ हिडेको ट्रक मेची राजमार्गस्थित हेंवा खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाईते भएका छन् ।

ना २ ख ९२१५ नम्बरको ट्रक सिमेन्ट लिएर जादै गर्दा दुर्घटना हुँदा हिलिहाङ गाँउपालिका ७ का ३८ बर्षीय लक्ष्मी तामाङको मृत्यु गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त घटना बारे जिल्ला प्रहरी कार्यलय प्रहरी निरिक्षक दिवस कुवरले जानकारी दिए ।

हिलिहाङ ७ का ट्रक चालक ४५ वर्षीय ज्ञानु थापा भनिने पारस मणि थापा र ३१ वर्षीय जीवन गदाईली घाईते छन् । स्थलमा स्थानीय र प्रहरीले घााइतेहरुको उद्धार गरेका हुन् ।

घाइते हरुको पाँचथर अस्पतालमा उपचार भईरहेको छ ।

हेवाखोला मा आइतबार बेलिब्रिज सञ्चालनमा आएलगत्तै ट्रक ताप्लेजुङ तर्फ तरेको थियो। ट्रक अनियन्त्रित भई पल्टिएको प्रहरी ले अनुमान गरिएको छ।

एक पटक पढ्नुहोस