काठमाण्डौ।
टियुु विश्वविद्यालय बिए तेस्रो वर्षको आमसञ्चार र पत्रकारिताको परिक्षा असार ८ गते रहेको थियो । त्यसै परिक्षाका लागी छुट्याइएको परिक्षा केन्द्रमध्ये बुद्धनगरस्थित स्वप्न बाटिका एकेडेमी पनि रहेको थियो । यस परिक्षा केन्द्रमा कोठा नं २०१ मा रहेकी परिक्षा निरिक्षकले समयभन्दा १५ मिनेट अगावै परिक्षार्थीहरुको उत्तरपुस्तिका खोसिदिए पछि उक्त कोठामा परेका १५ परिक्षार्थी साथै अन्य परिक्षार्थी पनि विरोधमा उत्रिएका थिए । उनीहरुले अपुुग समय पाउनुपर्ने माग राखेका थिए । परिक्षा पश्चात करिब ४ घन्टा विद्यालय प्रशासन र परिक्षार्थीबिच चर्काचर्की भएपनि परिक्षार्थीको माग पुरा हुन सकेन ।
परिक्षा १२ बजेबाट सुरु हुने समय तोकिएपनि परिक्षा केन्द्रले करिब २५ मिनेट पछि मात्र परिक्षा कोठा मिलाएको थियो । परिक्षा समयभन्दा करिब २५ मिनेटपछि मात्र सुरु भएको थियो । परिक्षार्थीका अनुसार सुरु भएको समयपछि डेढ घन्टा समय हुनुपर्नेमा त्यसको १५ मिनेट अगावै उत्तरपुस्तिका खोसिएको थियो । तर विद्यालय प्रशासनले भने उक्त्त दाबी विद्यार्थीको आवेगमात्र भएको जनाएको छ । साथै उक्त कोठामा रहेकी परिक्षा निरीक्षक अभद्र शैलीमा प्रस्तुत भएको परिक्षार्थीको गुनासो रहेको छ ।
परिक्षार्थी आयुुषा फुँयालले पाउनुपर्ने समय नदिएर परिक्षार्थीको जीवनमाथी नै परिक्षा केन्द्रले खेलवाड गरेको जनाएकी छिन् । साथै आफू समयकै कारणले परिक्षामा असफल भएमा आफूहरुमाथी अन्याय हुने जनाएकी थिइन् ।
अर्की परिक्षार्थी आज्ञा पोखरेले पनि परिक्षा केन्द्रले आफूहरुमाथी गलत गरेको बताइन् ।
उक्त परिक्षा केन्द्रका विद्यालय प्रधानाध्यपकले भने विद्यार्थीहरुले समयभन्दा बढि समय माग गरेको र आफूूले यसमा केहि गर्न नसक्ने बताए । साथै परिक्षार्थीहरुलाई समय पनि पुरा दिएको बताए ।
टियुले बिएका ७० पूणाङ्क हुने विषयलाई ३ घन्टाको परिक्षा समय दिएको हुन्छ । आमसञ्चार र पत्रकारिताको पूणाङ्क ५० रहेको छ । उक्त परिक्षाका लागी जम्मा डेढ घन्टा समय दिएको छ । सामान्य गणितय हिसाबले पनि कम्तिमा २ घन्टा समय पाउनुपर्ने भएपनि समय डेढ घन्टा नै रहेको थियो । उक्त समयमा पनि परिक्षा केन्द्रले अनुचित कटौती गरेपछि विद्यार्थीहरुले आफ्नो कुरा सुनिनुपर्ने र उचित निर्णय गरिनुपर्ने बताए ।
