काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पेस गर्ने छन् ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विद्येयक २०८० लाई छलफलका लागि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने छन् ।
