After header

स्कूले छात्राहरुमाथी शिक्षकले यौन हिंसा गरेको आरोप

शुकदेव थपलिया काभ्रे ।
स्कुले छात्राहरुमाथी शिक्षकले यौनहिँसा गरेको आरोप छात्राहरुले लगाएका छन् । जिल्लाको पनौती नगरपालिका वडा नम्बर २ मा रहेको कुशादेवी माध्यामिक विद्यालयमा अध्यापन गराउने शिक्षक छवी गौतमले स्कूले छात्राहरु लाई कक्षा कोठा भित्रै विभिन्न बाहाना गरेर छात्राहरुको नजिक भई यौनजन्य हिंसा गरेको भन्दै ती छात्राहरुले विद्यालयमा सामुहिक उजुरी गरेपछि यस्तो घटना बाहिरीएको हो ।

उजुरीकर्ता छात्राहरुमध्ये एक छात्रासँगको कुराकानीमा ति शिक्षकले आफूहरुलाई ति शिक्षकले कयौँ पटक त्यस्तो दुव्र्यवहार गरेकोले आफूहरु असहिय भएर उजुरी दिन बाध्य भएको बताइन् । उनले भनिन– ति आरोपी सर कक्षामा पढाउन आउनुहुन्थ्यो हामीलाई पटक–पटक होमवर्क गर्ने गराउने र सिकाउने बाहाना गरेर हाम्रो नजिक आउने संवेदनशिल अंगहरुमा हात हाल्ने लगायतका हर्कत गर्नुहुन्थ्यो । उनले भनिन् । हामीलाई अति भएपछि हामी सबै पीडितहरुको सल्लाहमा विद्यालयमा सामुहिक उजुरी दिएका हौँ । उनी भन्छिन् ।


विद्यालयमा उजुरी परे लगत्तै अभिभावकहरुको रोहवरमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी ति आरोप लागेका शिक्षकलाई हाजिर नगराउने र विद्यालयमा नराख्ने निर्णय गरेको व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले बताए ।
उनले विद्यालयमा आएको उजुरीका आधारमा विद्यालयले नै प्रहरीमार्फत कारबाही गर्न निवेदन दिने बिषयमा समेत छलफल भैरहेको बताएका छन् ।

थापाका अनुसार ती आरोपी शिक्षकलाई घटनाबारे पहिला स्पष्टिकरण सोधिएकोमा ति शिक्षकले आफूलाई छात्राहरुले लगाएको त्यस्तो जघन्य आरोप नगरेको लिखित स्पष्टिकरण समेत दिएको बताएका छन् ।

उनको प्रष्टोक्ती पत्र अनुसार छात्राहरुलाई आफूले गरेको व्यवहारले त्यस्तो अनुभूत भएको भए माफि समेत माग गरेका बताए । शुक्रबार घटना बाहिरिँदा आरोपी शिक्षक नगरपालिकाको कार्यक्रममा उपस्थिती रहेका थिए ।

यस बिषयमा पनौती नगरपालिकाकी शिक्षा शाखाका महेश्वर जंगमले विद्यालयको घटनाबारे आफूले पनि सुनेको मात्र हो, त्यसका बिषयमा आज आइतबार विद्यालय व्यवस्थापन सहितको टोली नगरपालिकामा विद्यालयले गरेको निर्णय सहित आउने भनेपनि कार्यालय समय बेलुका ५ बजेसम्म वहाँहरु नआएपछि आफू निस्किएको बताए ।

यसका बिषयमा लिखित जानकारी नआइकन सुनेको भरमा हामीहरु केही बोल्न नमिल्ने उनले बताए । यसअघि पनि गौतमको छात्रामाथीको दुव्र्यवहारका घटना आइरहेको र अन्तिम पटक भन्दै माफी माग्दै छोडिने गरेको बताइन्छ । आरोपी शिक्षकलाई घटनाबारे सम्पर्क गर्न खोज्दा पहिला फोन लागे पनि उनले फोन नउठाएर जवाफ दिन चाहेनन् । त्यसलगत्तै उनी सम्पर्क बिहिन बनेका छन् ।

एक पटक पढ्नुहोस