After header

बरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल सम्मानित

काठमाण्डौ
मदन–शीला प्रतिष्ठान, काठमाडौंले जनमत मासिकका प्रधानसम्पादक वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाललाई सम्मान गरेको छ ।  ‘जनमत’ मासिक पत्रिकाका माध्यमबाट नेपाली भाषा र साहित्यको समुन्नतिका निम्ति चारदशकभन्दा बढी अवधिसम्म खटी विशिष्ट र अग्रणी भूमिका निर्वाह गर्नुभई नेपाली साहित्यिक पत्रकारिताका क्षेत्रमा पु¥याउनुभएको समुल्लेखनीय योगदानको कदर गर्दै मोहन दुवाललाई  सम्मान गरिएको बताइएको छ ।                                   दुवाल लाइ २०७६ सालको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’ रु.१०१,०००।– (रुपैयाँ एकलाख एक हजार) सहित सम्मान–पत्र प्रतिष्ठानका संरक्षिका शीला भट्टराईले प्रदान गरिएको छ ।
प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा विशिष्ट समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरीलाई नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएबापत उहाँहरुलाई २०७६ र २०७७ सालको सम्मानबाट पुरस्कृत गरिएको हो । यसैगरी २०७७ सालको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’ ‘दायित्व’ साहित्यिक पत्रिकाका सम्पादक रामप्रसाद पन्तलाई प्रदान गरिएको हो ।

एक पटक पढ्नुहोस