काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले राष्ट्रिय परिचय पत्रको त्रुटि सच्याउन ५०० शुल्क लाग्ने भएको छ । साथै कार्ड वितरण गर्न लागेको सूचना जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको सूचना अनुसार अब राष्ट्रिय परिचय पत्र कार्ड बनेका प्रत्यक नागरिकले बैंकमा रु पाँच सय को भौचर भरेको रसीद कार्ड अनिवार्य गरेको छ । थप सूचनाको पूर्ण पाठ तल उल्लेख गरिएको छ ।
नेपाल सरकार गृह मन्त्रालय
जिल्ला
प्रशासन कार्यालय
प.सं. ०८०/८९
च.नं. ३७६
मिति : २०८० | ०४।१५
राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी सुचना ।
प्रस्तुत विषयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका केहि व्यक्तिहरुको राष्ट्रिय परिचयपत्र कार्ड तयार भई आएको हुँदा भोलि मिति २०८० श्रावण १६ गते देखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण हृदैछ । आफ्नो मोबाईलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले आफ्नो सक्कल नागरिकता, विवरण दर्ताको समयमा उपलब्ध गराईएको स्लिप तथा अनिवार्य रुपमा मोबाईलमा प्राप्त म्यासेज सहित तोकिएको दिनमा कार्यालय समयभित्र जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
पुनश्चः कार्ड वितरण गर्दा समेत व्यक्तिको Biometric विवरण लिनुपर्ने भएकोले व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ । साथै कार्डमा विवरण फरक पर्न गएमा त्रुटि सच्याउनका लागि यस कार्यालयको कार्यालय कोड- नं ३१४९२२६०२, राजश्च शिर्षक नं. १४५२९ ( अन्य राजध) मा राष्ट्रिय वाणिज्य बैंकको खाता नं. १०००१००२०००१०००० मा रु. ५००।- जम्मा गरेको भौचर सहित तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।
बतलान
2000/08/94 (चिरञ्जीवी सापकोटा)
प्रशासकीय अधिकृत
प्रशासकीय अधिक
