काभ्रे/ आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय काभ्रे सर्वोत्कृष्ट भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे बागमती प्रदेश कै कार्यसम्पादनमा सर्वोत्कृष्ट भ्रएको घोषण गरेको छ ।
कार्यक्रममा गत आव को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने जिल्ला प्रहरी कार्यालय काभ्रेलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्धारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका जि.प्र.का.नुवाकोट, धादिङ, बागमती प्रदेश प्रहरी तालि केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर क्रमशः कार्यसम्पादनमा उत्कृष्ट भएको भन्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।
चालु आ.व. को लागि बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय १०. बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, बागमती प्रदेश प्रहरी गण हेटौडा गरी जम्मा १४ वटा कार्यालयका प्रमुखहरुसँग प्रदेश प्रहरी प्रमुखले कार्यसम्पादन सम्झौता गरेका थिए ।
जस अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ३७ वटा, ट्राफिकको लागि २१ र अन्य कार्यालयको लागि १३ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु प्रदान गरिएको छ ।
कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गत आ.व. २०७९÷८० को कार्यसम्पादन सम्झौता समिक्षा तथा चालु आ.व. २०८०।०८१ को वार्षिक कार्यसम्पादन सम्झौताको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा मातहत प्रहरी प्रमुखहरुले गत आ.ब. को प्रगतिको तुलनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए ।कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसँग आर्थिक वर्ष २०८०।०८१ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम समेत गरेकी थिई ।
कार्यक्रममा राणले अबको आर्थिक वर्षमा आज बुधबार गरिएको यस वर्षको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने समेत निर्देशन दिएकी थिईन् ।
उनले आफू मातहातको जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई आसन्न चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्न र जिल्लामा शान्ति सुरक्षका लागि अडिक भएर लाग्न समेत उनले निर्देशन दिइकी छिन् ।
