After header

बाघको संख्या बढाएर मान्छेको संख्या घटाउन सकिँदैन: केपी ओली

 शुकदेव थपलिया काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जंगली जनावरको संरक्षण गर्दा भूगोल र इको सिस्टमले धान्न सक्ने गरी संरक्षण गरिनु पर्ने बताएका छन् । बाघको संख्या इको सिस्टम लाई संरक्षण गर्नु आहे आवश्यक रहेकी का काफी, भुगोल घाल सक्ने गरि बन जंगली जनावर की संरक्षण गर्नु अति आवश्क रहेको बताए । ओलीले बाघ बढोत्तरीको सन्दर्भ लाई जोड्दै बाघको संक्षण र संख्यात्मक बुद्धिर नियंत्रणको लागि पनि सोच्नु पर्ने बताए । उनले बाघको संख्या बढाएर मान्छेको संख्या घटाउनू पर्ने अवस्थाको वैज्ञानिक प्रणालीको औचित्य नभएको बताएका छन् । ओलीले दिनहुँ मान्छे लाई आक्रमण गरिरहेको घटना ब्यहोर्नु पर्ने अवस्था आउनु भन्दा अघि नै बाघ कति धान्न सकिन्छ कति बाघको लागि कति वन क्षेत्रफल आवस्यक पर्ने त्यति संरक्षणका लागि मात्रै बाघ हात्ती लगायत जंगली जनावरहरूको संरक्षण गरिनु पर्ने बताएका छन्। सामुदायिक वन दिवस२०८० को अवसरमा नेकपा एमाले बन तथा वातावरण विभागको आयोजना र नेकपा एमाले काभ्रे जिल्ला कमिटीको संयोजनमा धुलिखेल नगरपालिका-२ मा आयोजित बृहत वृक्षारोपण समारोह कार्यक्रम पछि उपस्थित समारोह लाई सम्बोधन गर्दै ओलीले बनलाई बचाइ राख्न यसको महत्व जान्नु पर्ने बताएका छन् । ओलीले आफूले रोपेको बोट बिरुवा हुर्काउने स्याहार सुसार गर्ने जिम्मा आफैलाई रहेको भन्दै उनले आफैंले रोपेको जिम्मा स्थानीय नागरिकलाई दिएको समेत बताएका छन् । उनले अहिलेको सामुदायिक वनले नेपालको अरु बन् संरक्षण समिति भन्दा उत्कृष्ठ काम गरेको बताउँदै बनले बन भित्र विभिन्न भूगोल र मौसम अनुसारको फलफूल र ल्वाङ, स्याउ कटहर, आप र डालेघाँसहरु लगायतका आम्दानी गर्न सकिने बिरुवाहरू रोपेर रोजगार समेत उत्पादन गर्न सक्नुपर्ने बताएका छन्। उनले वर्तमान सन्दर्भमा वैज्ञानिक वन व्यवस्थापनको नाममा सालका रुखहरु मासीरहेको सवालमा त्यो कुनै पनि हालतमा प्रकृति र मानव हितको पक्षमा नरहेको बताएका छन् । वनलाई बहुआयामिक र बहु उपयोगी र उदेश्य राखेर संरक्षण गरिनु पर्ने ओलीको तर्क छ । सामुदायिक वन दिवस – २०८० को अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिब्युरो सदस्य गोकुल बास्कोटाले वन वातावरण जीवन सृष्टि देखि नै चल्दै आएको कुरा प्रकृतिको रक्षा, बाताबरणको रक्षा गर्न नसकिए मानव अस्तित्व देखि कुनै पनि प्राणीको अन्त्य कुनै बेला पनि हुन सक्ने र प्रकिती बिनाको प्राणी जीवन असम्भव रहेको बताए । उनले पृथ्वीलाई डाइनोसर हुन नदिन, सबै मानव ले प्रकृतिलाई बचाउनका आज बाटै लागि पर्नुपर्ने बताएका छन् । बास्कोटाले बन र मानव जीवन बचाउन र यसको अनन्त जीवनको रक्षा गर्न नेकपा एमाले सदैव तयार रहेको बताए।

उनले अहिलेको सरकारले किसानका केही पनि गुनासो समस्या र दुःख नसुनेको भन्दै वर्तमान सरकार गलत ढंगले चलेको भन्दै त्यसको विरुद्धमा प्रकृति सँगै मानवको अस्तित्व जोगाउन राजनीति लागि पनि बचाउन आबस्यक भएको र नेकपा एमाले यी कुरामा दृढ रहेको बताए।

स्व. पूर्व वडा अध्यक्ष राजन कोइराला स्मृती पार्क स्थित आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका जिल्ला तह र केन्द्रिय तहका नेता कार्यकर्ताहरु र स्थानीयहरुको सहभागितामा २७७ घर परिवारको संरक्षणमा ५८ हेक्टरमा बृहत वृक्षारोपण गरिएको थियो।

एक पटक पढ्नुहोस