After header

‘पुस्तक अध्ययन जीवन बचाउने अचुक औषधी हो’: भट्टराई

काभ्रे ।काभ्रेको बनेपामा रहेको न्यू प्रगति पुस्तक पसलले गत शुक्रबार बिहान बाट आयोजना गरेको पुस्तक मेलामा लेखक सुबिन भट्टराईले पनि अवलोकन गरेका छन् । बुधबार बिहान मेला अवलोकन गर्दै उपस्थीत भेलालाई सम्बोधन गर्दै भट्टराईले पुस्तक अध्ययन जीवन बचाउने अचुक औषधी भएको बताएका छन् । उनले विगतमा आफू डिग्री सकेर कतै पनि रोजगारी नपाउँदा आफू चरम डिप्रेसनको सिकार भइरहँदा यस्तै पुस्तक मेलामा एउटा एउटा गरी पुस्तकहरु पढ्ने बानी बसेकोले आफ्नो औषधी नै पुस्तक अध्ययन बनेको त्यसपछि आफ्नो जीवन नै परिवर्तन भएको र त्यो साहस ऊर्जा पुस्तकहरूको अध्ययन भएको बताएका छन् । बनेपास्थित‌का विभिन्न विद्यालयका बिद्यार्थीहरु समेत सहभागी भएको पुस्तक मेलामा उनले आफूले लेखक बन्ने प्रेरणा पुस्तक अध्ययन र त्यो कालो बितेको डरलाग्दो समय भएको बताएका छन् । उनेल भावी पुस्तहरुमा पुस्तक अध्ययन रुचि घट्दै गएको भन्दै पठन संस्कृतिको लागि हरेक व्यक्तिहरूले सोच्ने बेला आएको बताएका छन् । उनले बढ्दो प्रविधिको प्रयोगले युवा पुस्तालाई लत बसेको र त्यो भावी दिनमा निकै महंगो पर्ने बताए ।                                      ऊनले युवा पुस्तामा डिप्रेसनको सिकार हुने सम्भावना ज्यादा रहेको भन्दै पुस्तक अध्ययन त्यसको समाधानको लागि सुन्दर उपाय भएको बताएका छन् । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार मोहन दुवालले प्रगति पुस्कत भण्डारले जिल्ला स्थित यो पहिलो प्रयास गरेको प्रति खुशी व्यक्त गर्दै पठन संस्कृति र लेखकले देशको जल्दो बल्दो सबै कुरा बोल्नु पर्ने लेख्नु पर्ने र प्रश्नहरू गर्नु पर्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ साहित्यकार जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले आफूले विगत देखि नै लेख्ने र ज्ञान बाँढ्ने कुरामा कसैसँग पनि नझुकेको बताउँदै स्थानीय सरकारले लेखकहरुको संरक्षण गर्न नसकेकाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले लेखकहरुका संरक्षण समद्र्धन गर्ने मामलामा कहिल्यै पनि स्थानीय सरकारले चासो नदिएको र यो निरन्तर कायम रहिरहे भावी पुस्तामा लेखन र पठन संस्कृति कमजोर हुने औँल्याएका छन् । उनले लेखन र पठन संस्कृति कमजोर हुँदा सबै क्षेत्रमा त्यसको व्यापक प्रभाव र असर देखिँदै जाने र कलान्तरमा अक्षरको युद्धमा नेपाल र नेपाली कमजोर हुनसक्ने तर्फ सचेत रहनुपर्ने तर्क गरेका छन् । कार्यक्रममा पुस्तकप्रेमीहरु केही, साहित्यकार र केही शिक्षकहरु उपस्थित थिए ।

काभ्रेपलाञ्चोकको बनेपामा यो पहिलो पटक वाङमय पुस्तक मेलाको आयोजना गरिएको हो । प्रगति पुस्तक भण्डार बनेपाले नजिकिँदै गरेको चाड लक्षित गरी वाङमय पुस्तक मेलाको आयोजना गरिएको हो । पुस्तक मेलाबाट नेपालको चर्चित लेखकहरुका साहित्यिक कृतिहरू, विश्व साहित्य, विभिन्न ज्ञानका अति महत्वपुर्ण पुस्तकहरु र धार्मिक आस्थाका पुस्तकहरू पाइने छन् । यहाँबाट तपाईंहरू पनि अवलोकन गरी आफूलाई मनपर्ने विधाका पुस्तक सहजै प्राप्त गरी लाभ लिन सकिने प्रगति पुस्तक भण्डार बनेपाका सञ्चालक भुवन मानन्धरले जानकारी दिए । उनले यो किसिमको कार्यक्रम आफूहरुले अब निरन्तर गर्ने पनि बताएका छन् । पुस्तक मेलामा पुस्तक किन्नेले २० प्रतिशत सम्म छुट पाउने बताउँदै उनले साहित्यको क्षेत्रमा वरिष्ठ साहित्यकार मोहन दुवालको सहयोग र समन्वयमा यो योजना आफूहरुले अघि सारेको बताए ।

यस अघि मेलामा यूवा लेखक तथा प्राज्ञा अमर न्यौपानेले अवलोकन गरी उपस्थितिलाई सम्बोधन गरेका थिए । न्यौपानेले ढुंंगा, बन्दुक र बारुद्ले युद्ध गरेर धेरै परिवर्तन र राजनीतिक आन्दोलनहरु भएको विश्व इतिहासमा नेपाल पनि जीवित इतिहास भोग्दै यो अवस्थामा आयो, अबको युद्ध केवल अक्षरले मात्रै संभव छ, हामीले अरु विकसित मुलुकहरुमा देखेका छौँ आज टोल टोल र अनि घर घरमा पुस्तका लाइब्रेरीहरु बनेका छन् । विद्यार्थीहरु उनीहरुले चाहेका र राम्रा किताबहरु छानेर पढ्न सक्छन् तर नेपालमा संघीयता आइसके पनि विकेन्द्रिकृत शासन प्रणाली लागु भए पनि पुस्तक पढ्ने पढाउने भन्ने बित्तिकै केवल स्कुलका रेकर्र्डर जस्ता किताब मात्रै सम्झन्छन् त्यो हुनु भनेको शिक्षक केवल रेकर्डरजस्ता भए । विद्यार्थी भुत्ते कलम लिएर भिजेका काजमा अक्षर कोरिहेर भविष्य खोजिरहेका जस्ता मात्रै भए । सर्वप्रथम शिक्षक अध्ययनशील नभए सम्म अक्षर आन्दोलन संभव नभएको बताएका थिए । न्यौपानेले संसारका जुनसुकै पनि बिषय साहित्यसँग जोडिएको नै हुने र त्यसबाट कुनै न कुनैरुपमा तथ्य कारण प्रमाण सहित प्रमाणित गर्न सकिने भएरै विद्यार्थीले त्यसतर्फ अभिरुची राख्नुपर्ने र शिक्षकले पनि त्यस्ता कुरामा सघाउनुपर्ने बताएका थिए ।

एक पटक पढ्नुहोस