काभ्रे/ काभ्रे जिल्लामा सञ्चालनमा भईरहेको निजी तथा सामुदायिक विद्यालय मध्ये बेलर स्कुल जिल्लाकै उत्कृष्ट विद्यालयमा रुपमा नाम आउने गरेको बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले बताएका छन् ।बेलर इन्टरनेशनल एकेडेमीले २०८० सालमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत र उत्तीर्णलाई एकसाथ बिदाइ रहेको कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले बेलर स्कुलले शैक्षिक क्षेत्रमा ठूलो योगदान रहेको चर्चा गरेका छन् ।
यहाँ पढेका भाईबहिनी आज देशविदेशमा समेत बेलरको नामले गर्दा उनीहरुको पढाईमा सहजता रहेको बताए । कुनैबेला बेलर स्ुकलबाट सुरु भएको यस बेलर इन्टरनेशनल एकेडेमी आज कलेज भई यहासम्म आईपुग्दा हजारौं राष्ट्र सेवक जन्माउन सफल भएको छ । एसलसी पास भएपछि कहाँ र कुन विषय पढ्ने भनेर भौतारिएको बेला यस बेलर कलेजले विभिन्न विषयमा अध्यापन गराउदा विद्यार्थीहरुलाई सहजता भएको उनले बताए ।

काभ्रेपलाञ्चोक जिल्लामा नीजि तथा सामुदायिक क्षेत्रबाट संचालन भएका विद्यालयहरु मध्ये धेरै विद्यार्थी भर्ना भएको विद्यालय मध्ये बेलर एक नम्बरमा रहेन्छ यसलाई अझै कायैम गरि भोलिका दिनमा अझै अरु संकाय थप विषमा पढाउन सकोस भन्दै उनले विद्यालयलाई शुभकामना समेत दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल इन्दु थापाले पढाई सगसगै यस विद्यालयले विद्यार्थीहरुको रोजाईमा समेत ध्यान दिनाले आज हामी यहा सम्म आईपुग्न सफल भएको बताईन् । पढाई सगसगै विद्यार्थीहरुलाई मनोञ्जन समेत प्रदान गर्न सक्नु पर्छ । हामीले यस विद्यालयबाट नाफा मूलक भन्दा पनि विद्यार्थीको रोजाई र उनीहरुको भविष्यको लक्ष्य बुझेर आगडि बढेको समेत उनले बताईन् ।

विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ उर्तिण भएकालाई विदाई गर्ने कार्यक्रम नियमित रहेको समेत बताईन् । हामीले काठमाडौ विश्वविद्यालय सग सहकार्यमा विभिन्न विषयमा पढाई भईरहेको समेत उनले जानकारी दिईन् । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाले एउटा विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले आफ्ना प्रतिभा देखाउँदा कम्तिमा चार घण्टा समय लाग्ने अवस्था देखिए पछि विद्यालयले सबै विद्यार्थीहरुलाई अवसर दिने उदेश्यले यो कार्यक्रम तिन दिन सम्म राखिएको बताए ।
हामीले हिजोका दिनमा स्कुलबाट शुरु गरेको यस विद्यालयमा आज कलेजमा आईपुग्दा विद्यार्थीहरुले चाहेको विषय पढ्न पाउने गरि हामीले कलेज सञ्चालन गरेका छौं उनले भने । यहाँ धेरै विद्यालयहरु खोलेका पनि छन तर विद्यार्थीहरुले बेलर नै रोचाउनुका कारण यहाँ शान्त र विद्यार्थीको रोजाईका विषयमा अध्यन गर्न पाउने भएका कारण आज बेलर सबैको रोजाईमा परेको थापाले बताए ।

कार्यक्रममा वडा अध्यक्ष हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष महेशराज पौडेल, मोतीराम तिमल्सिना, रोटरी क्लब अफ पनौतीका अध्यक्ष मधुसूधन गुरागाइ, शिक्षक विकास बजगाईले बेलर एकेडेमीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । असोज २४, २५ र २६ गते संकायगत छुट्टाछुट्टै कार्यक्रम गरेर स्वागत र विदाइ गरिने विद्यालयले जनाएको छ ।
विद्यालयमा यो बर्ष बिज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ मा ६ सय २८ विद्यार्थी भर्ना भएर अध्ययनरत छन् । यो बर्ष बिज्ञान संकायतर्फ १ सय २ र व्यवस्थापन संकाय तर्फ २ सय ७६ विद्यार्थी कक्षा १२ उत्तीर्ण भएका थिए । ४ सय ४५ जना कक्षा १२ मा अध्यनरत छन् । बुधवार व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजम अध्ययन गर्ने विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको थियो ।
