विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं, २७ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामुहिक रुपमा राजीनामा दिने भएका छन् ।

त्यस्तै, गिरिराजमणि पोख्रेलको नेतृत्वमा विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले बताए ।

साथै अर्का नेता कृष्णबहादुर महरा उपत्यका बाहिर रहेकाले मन्त्री पोख्रेलकै नेतृत्वमा सम्भव भए आजै साँझ राजीनामा बुझाउने तयारी भएको शर्माले जानकारी दिए ।

गत जेठमा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

एक पटक पढ्नुहोस