After header

९९ लाख नगदसहित काठमाडौबाट एकजना पक्राउ

काठमाडौँ/ नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो सिआईवीले ९९ लाख नगद सहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बागबजारबाट प्रहरीले हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ पक्राउ गरेको छ ।

आरोपीको साथबाट ९९ लाख २ हजार हुण्डी र अनलाइन जुवाको रकम बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नबराज अधिकारीले जानकारी दिए । ब्युरोको टोलीले आरोपीतको घर खानतलाली गरेर ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गरेको हो उनले जानकारी दिए ।

ब्यूरोले उनिबिरुद्ध राष्ट्रबैंक ऐन–२०५८ अन्तर्गतको कसुर गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ । श्रेष्ठले बिना अनुमति ‘क्यास एप’ लगायतका मोबाइल एप संचालन गरेर हुण्डी, अनलाईन जुवा र क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

एक पटक पढ्नुहोस