काभ्रे । योद्धा गाडीको ठक्कर बाट पैदल यात्रीको निधन भएको छ । १६ गते शनिबार बिहान ७ बजेको समयमा काभ्रे जिल्लाको धुलिखेल न.पा.११ पात्लेखेत स्थित वि.पि. राजमार्गमा भकुन्डेबेशीबाट काठमाण्डौ तर्फ आउदै गरेको प्र१-०१-००१ च ८५९२ नं.को योदा गाडीले पैदल यात्री लाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट धुलिखेल न.पा.११ पात्लेखेत बस्ने बर्ष अं.५० को यमुना प्रसाद धिताललाई ठक्कर दिदाँ घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाएको, बोल्न नसक्ने अवस्था गम्भिर रहेकोमा डाक्टरले बिहान ७.३० बजेको समयमा मृत घोषणा गरेको बताइएको छ । उक्त स्थानमा अ.प्र.पोष्ट काभ्रेभञ्याङबाट प्र.न.ना.नि. दामोदार ओझाको कमाण्डमा र जि.प्र.का. काभ्रेबाट प्र.नि. अनिल कुमार बैठा को कमाण्डमा १७ जनाको टोली खटी गएको र गाडी चालक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

योद्धा गाडीको ठक्कर बाट धितालको मृत्यु
Next Post
एक पटक पढ्नुहोस