रुपन्देही । रुपन्देहीमा आज (शनिबार) बिहान स्कुल बसको ठक्करबाट २ जनाको मत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडकखण्डमा बिहान सूर्यपुरा ३ सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ कै २१ वर्षीय मोहम्मद इर्साद र १६ वर्षीया रुबिना खातुनको मृत्यु भएको हो। यसैगरी दुर्घटनामा स्थानीय १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन्।
उनको अहिले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।घटनापछि बस चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ।
घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।
