After header

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

यूएई । दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका प्रधानमन्त्रीद्वय प्रचण्ड र माेदीबीच शुक्रबार राति भेटवार्ता भएकाे हाे ।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । त्यसबखत दुई पक्षीय हितका बारेमा छलफल भएको छ ।

उनले भूकम्पले पुर्‍याएको क्षेत्रमा पुनर्निर्माणका लागि आफूले हरतरहले सहयोग गर्ने आश्वासन समेत दिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर १३ गते दुबई प्रस्थान गरेको हो। प्रधानमन्त्री १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

एक पटक पढ्नुहोस