काठमाडौं, २६ माघ । विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।
विन्डहोकमा नेपाली समय अनुसार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
हिजो भएको पहिलो खेलमा नेपालले नामिबियामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो । ओमान भने क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।
