तरलता कम गर्न राष्ट्र बैंकले पाँच अर्ब वित्तीय बजारमा पठाउँदै

काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि आज पाँच अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र बोलकबोलबाट सोझै खरिद गरेर उक्त रकम बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार अहिले वित्तीय बजारमा २० अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल रहेकाले केन्द्रीय बैंकले ऋणपत्र खरिद गरेर बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो ।

अहिले अन्तर बैंक ब्याजदर ४.९७ प्रतिशत छ । अन्तर बैंक ब्याजदर पाँच प्रतिशत नाघेको अवस्थामा केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने गरेको छ ।

बैंकहरुलाई स्थाई तरलता सुविधा अन्तर्गत विकास ऋणपत्र र ट्रेजरी विल धितोमा राखेर रकम लिन सक्ने सुविधा छ ।

एक पटक पढ्नुहोस