पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले स्रोत नखुलेको सुन र चादी सहित एक ब्यक्ति पक्राउ गरेको छ । पोखरामा ज्वेलर्स सञ्चालन गर्दै आएका एकजना भारतीय नागरिक स्रोत नखुलेको ठूलो मात्रामा सुन, चाँदीसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । ‘कति मात्रामा भन्ने अझै खुलेको छैन । केहीबेरमा हामी जानकारी दिन्छौं’, उनले भने । पक्राउ परेका भौमिकले पोखरा २, भैरवटोलमा सुनचाँदी व्यवसाय गर्दै आएका छन् । उनलाई भैरवटोलबाटै पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।
