अनलाइन सेयर कारोबारको पुर्ण कार्यान्वयन साउनदेखि

काठमाडौँ । अनलाइन सेयर कारोबारको परीक्षण आगामी जेठमा हुने भएको छ । साउनदेखि पूर्ण कार्यान्वयनमा आउने गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले तयारी थालेको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आगामी जेठदेखि परीक्षणको रुपमा सेयर कारोबार अनलाईनमार्फत गर्ने जनाएको छ । नेप्सेले जेठभित्र परीक्षणको रुपमा सेयरको कारोबार अनलाईनमार्फत सुरु गर्न लागेको हो ।

जेठभित्र परीक्षणको रुपमा अनलाईन काराबार सुरु गरेर साउनदेखि पुर्ण रुपमा लागु गर्ने तयारी भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार हाल सफटवयेर निर्माणका लागि वाइको आइटी कम्पनीले काम गरिरहेको छ । यसअघि नेप्सेले कात्तिक २१ देखि नै सेयर कारोबार अनलाइनबाट गर्ने जनाएपनि सफ्टवेयर निर्माणको काम नसकिएको भन्दै जेठको मिति तय गरेको हो । अनलाईनमार्फत सेयर कारोबार गर्नका लागि आवश्यक विभिन्न १६ वटा मोड्युलमध्ये वाइकोले १० वटा तयार पारिसकेको नेप्सेले जनाएको छ । बाँकी ६ वटा मोड्युलको तयार पारेर फागुन २८ मा उसले नयाँ प्रविधिको विकासमा भएको प्रगतिको बारेमा जानकारी दिने जनाएको छ । फागुनभित्र वाइकोले अनलाइन कारोबारको सफ्टवेयरको काम सम्पन्न गर्ने नेप्सेले जनाएको छ । अनलाइनमार्फत हुने भएपछि लगानीकर्ता सेयर किन्न र बेच्नका लागि ब्रोकर कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

अनलाइन कारोबार गर्नुअघि लगानीकर्ता र ब्रोकर कम्पनीबीच सम्झौता हुनेछ । जसअनुसार बैंक खाता, हितग्राही (डीम्याट) खाता, दैनिक सेयर खरिद बिक्री कारोबार रकम र संख्या सेयर कारोबार गर्ने डिभाइसलगायतका विषयमा पहिला सम्झौता भएपछि मात्र सेयरको अनलाइन कारोबार गर्न पाइने नेप्सेले जनाएको छ ।

एक पटक पढ्नुहोस