एमाले र माओवादीबीच ७ बुँँदे सहमति, यस्ता छन् सहमतिका बुँदा

काठमाडौं, ७ फागुन – नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको बैठकले एकताको प्रारम्भिक आधार समेटिएको एतिहासिक ७ बुँदे सहमति गरेको हो । ।
एकताका आधारपत्रमा भने पद बाँडफाँडका विषयमा केहि उल्लेख गरिएको छैन । सहमतिपत्रमा एमालेका अध्यक्ष केपी ओली, नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गर्दा माओवादीबाट तीन नेताहरु प्रचण्ड, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एक पटक पढ्नुहोस