After header

तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै सझौता हुदैन ः एसपी खड्का

काभ्रे । काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काले तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै पनि सझौता नहुने बताएकी छिन् ।शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने, आर्थिक, सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताईन् ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित परिचात्मक कार्यक्रममा बोल्दै एसपी खड्काले जिल्लामा रहेका तस्करी र गुडागर्दी एवं अपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथैे चोरी तस्करी, लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशिलतामा बसेर आफू काम गर्ने प्रतिबद्धता रहेको एसपी खड्काले बताईन् ।

जिल्लामा हुने गुडागर्दी, तस्करी र आर्थिक लेनदेनमा कुनै पनि सझौता हुन सक्दैन । प्रहरी महानिरिक्षक साप्को पनि यै निर्देशन रहेको छ र मेरो मातहात भित्र कुनै पनि छवि बिगाने कोही ब्यक्ति भेटियो भने त्यस्तालाई तत्काल कार्वाही गर्छु, ।’उनले भनीन्,
आफू कुनै नयाँ नारा नदिई नेपाल प्रहरीले निर्धारण गरेको ‘सत्य सेवा सुरक्षणमलाई नै मुल नारा मानी त्यसकै भित्र रहेर आम नागरिकलाई भयमुक्त वातावारण रहन प्रहरी अहोरात्री खटेर शान्ति सुरक्षाको प्रत्याभुती गराउने मेरो र मेरो संगठनको चाहान रहेको एसपी खड्काको भनाई थियो ।

अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउनमा पत्रकार, नागरिक समाज र सर्वसाधारण जनताहरुको सबै सहयोग प्रहरीलाई अनिवार्य आवश्यकता रहेको समेत उनको जिकिर थियो । एसपी खड्काले पत्रकारहरुको छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रदान हुने हरेक किसिमका सेवा तथा सूचनाहरु सहि समयमा सबैलाई उपलब्ध गराउने समेत उनले प्रतिबद्धता जनाईन् ।

जनताको साथ र सहयोग नभई प्रहरी अगाडि बढ्न नकिने जिकिर गदै आम काभ्रे बासीले प्रहरीलाई समयमा नै सुचना दिई जिल्लाको बारेमा सधैव प्रहरीलाई सहयोग गर्ने समेत एसपी बशुन्धरा खड्काको आग्रह गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान सभापति मोतीराम तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले प्रहरीले समयमा नै सुचना दिएर सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकृत राजकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे प्रमुख जनार्दन घिमिरे लगायत पत्रकार एवं सुरक्षकर्मीहरुको उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस