After header

माछा मार्न गएका एक जना मृत फेला

कास्की । पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये एक जना मृत भेटिएका छन् भने एक जना बेवत्ता भएका छन् । माछा मार्न गएका अन्य तीन जना भने सकुशल रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १ का ४० वर्षीय मंगा तामाङ मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बल, नम्बर २४ कालिका गण कास्कीबाट खटिएको टोलीले उनको शव सोमबार राति एक बजे ढुंगामा अड्किएको अवस्थामा फेला पारेको सहप्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार सोही ठाउँमा ४३ वर्षीय रक्सेस तामाङ नदीमा बेपत्ता नै छन् ।

सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । उनको गोताखोर र विपद् उद्धार टिमले खोजी गरिरहेको प्रवक्ता थापाले जानकारी दिए । मृत भेटिएका मंगाको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए ।

एक पटक पढ्नुहोस