After header

भोलि बिहिबार सेती नदीको बाँध खोलिदैं

पोखरा । माछा मार्न जाँदा बेपत्ता युवक खोज्न भोलि बिहिबार सेती बाँध खोलिंदै कास्की प्रहरीले जनाएको छ । पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न बिहीबार सेती नदीको बाँध खोलिने भएको छ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले जानकारी दिएका छन् ।

फागुन १७ गते बिहीबार बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको उनले बताए । प्रहरीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन पनि आग्रह गरेको छ ।

‘उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ । सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की लामा तामाङ सम्पर्कविहीन छन् ।

एक पटक पढ्नुहोस