काभ्रे । काभ्रे जिल्ला बेथानचोक गाउँपालिका भित्र अवैध खानी तथा क्रसर सञ्चालन हुदाँ समेत पालिका बेखवर बनेको छ । सरकारी मापदण्ड त कुरौ भएन विना दर्ता खानी सञ्चालन हुदाँ समेत गाउँपालिकाले चासो नदेखाएको स्थानियले बताएका छन् ।
बेथानचोक गाउँपालिका वडा नं. ४ मा सञ्चालन भई रहेको सबै खानी सरकारी मापदण्ड विपरित सञ्चालन हुदाँ समेत गाउँपालिकाले कुनै चासो देखाएको छैन भने यसको निगरानि गर्ने प्रशासन समेत मौन रहेको छ ।
बेथानचोकमा सञ्चालन भईरहेको क्रसर तथा खानी गाउँपालिकाकै अध्यक्षको संरक्षणमा भईरहेको स्थानियले आरोप लगाएका छन् । क्रसर तथा खानीको लाइन्सेसको भरमा विभिन्न ठाउँमा मापदण्ड विपरित उत्खनन गर्दा समेत केही अनुगमन हुन सकेको छैन् ।बेथानचोक गाउँपालिका वडा नं.४ मा नेपाली काँग्रेसका नेता गोर्खामान लामाको नेतृत्वमा विना दर्ता अहिले खानी सञ्चालन गरिरहेका छन् ।
उनीसहति काँग्रेसका नेता कार्यकर्ताले सरकारी मापदण्ड त कुरौ छाडौ दर्ता समेत नगरी ढुङ्गा खानी सञ्चालन गर्दा समेत पालिका र वडाले देखेको नदेखे झै हिड्ने गरेको स्थानियले बताए । यसै वडा नं. ४ स्थित कर उठाउने स्थानबाट भित्र कुनै दर्ता एवं स्विकृति विना नै स्थानिय रोशन लामा र सानुबाबु खत्रीले अवैध रुपमा खानी उत्खनन गर्दा समेत पालिकाले केही गर्न सकेको छैन् । उल्टै उनीहरुले पालिका अध्यक्ष नै हाम्रो हो कस्ले के गर्न सक्छ भन्दै स्थानियलाई धम्की र त्रास बनाउदै आएको स्थानियले बताए ।
हामीले केही बोल्नु हुदैन, हामीलाई धम्की आउँछ एक स्थानियले बताए । विरोध ग¥यो भने पनि काँग्रेसकै पालिका अध्यक्ष छ, अनि उनीहरुले कार्वाही गर्नुको सट्टा प्रोत्साहान गरिरहेका छन् उनले भने । खानी तथा क्रसरको यस्ता हर्कत देखिँदा पनि स्थानीयस्तरमा अनुगमन तथा कार्वाही गर्नुको सट्टा अप्रत्यक्षरुपमा गाउँपालिकाकै संरक्षण देखिएको छ ।
त्यस्तै बेथानचोक गापा–४ मा रामकृष्ण निर्माण सेवा प्राली र एसएस रोड ढुंङ्गा उद्योगले पनि मापदण्ड विपरित खानी चलाउँदै आएको छ । यसका सञ्चालक रामकृष्ण प्याकुरेल रहेका छन् । त्यस्ता उद्योगले मासिक रुपमा रकम बुझाउने गरेको आरोप स्थानीयको छ ।
बेथानचोककै चलाल गणेशस्थानमा रहेको चलाल गणेश रोडा ढुंगा उद्योगका सञ्चालक किरण कार्की र चलाल गणेश खनिज उद्योगका सञ्चालक सुरज लामा रहेका छन् । विगत केही समयदेखि मापदण्ड तोडेर संचालन भइरहेका छन् । तीनीहरुलाई स्थानीय जनप्रतिनिधि र प्रहरी चौकी खोपासीको सिधै संरक्षण भएपछि निर्धक्क चलिरहेका हुन् ।
शक्ति र पावरको भरमा सरकारी मापदण्ड विपरित ढुंगा खानी एवं क्रसर सञ्चालन हुदाँसमेत गाउँपालिकाले खासै मतलव नगरको स्थानियको भनाई रहेको छ ।चलालमै चण्डेश्वरी रोड ढुंगा उद्योगका सञ्चालक दिलबहादुर श्रेष्ठ रहेका छन् । आर एस इण्डष्ट्रिज (चुना ढुंगा भनेर स्ल्याप ढुंगा उत्खनन्)का सञ्चालक राजेन्द्र आगञ्जा रहेका छन् । उनीहरुले समेत सरकारी मापदण्ड विपरित सञ्चालन गर्दै आएको छ ।
स्थानीयले पटक पटक विरोध गर्दासमेत स्थानीय सरकारले वेवास्ता गरेको पाइएको छ । खानीवालाहरुले हाम्रै स्थानिय सरकार छ र हामीले सक्दो पैसा बाडेको र हामी सँग पावरशाक्ति रहेकाले कसैले केही गर्न नसक्ने धम्की दिदै आएको स्थानियले बताए ।
यसै विषमा गायँपालिका अध्यक्ष भगवान अधिकारी सँग कुरा गर्दा उनले आफ्नो पाकिलामा सञ्चालन आएको खानी तथा क्रसरहरु कसैको पनि मापदण्ड नपुगेको स्विकार गरे ।
पालिकाकै अध्यक्षको संरक्षणमा खानी सञ्चालन गरेको आरोप लागेको भन्नेमा उनले यस्तो नभएको बताए । सबै आफ्नै पार्टीका साथीहरुले सञ्चालन गरेको क्रसर भएकाले मलाई काग्रेस पार्टीबाट निर्वाचन जितेपछि सबैले आफ्नै देखेकाले यस्तो भएको उनले बताए । हो विना दर्ता समेत क्रसर सञ्चालन भएका छन्, यसमा महिले पनि अनुगमन गरेको छु । स्थानियको गुनासो पनि आको छ ।
यसैका लागि सबै खानीवालाहरुलाई निर्देशन समेत गरेको छु उनले भने । राजस्व पनि नतिर्ने र विना दर्ता खानी सञ्चालन भएकाले महिले तत्काल बन्द गर्ने भनेको छु । बेथानचोकामा ६ वटा क्रसर छन् । तिनले पनि सरकारी मापदण्ड पुरा गरेको छैन । यसमा म प्रष्ट छु उनले भने । महिले सबै कागपत्र मागेकाले उहाँहरुले दुई हप्ताको समय मागेकाले अबको केहि दिनमा उहाँहरुले पालिकाको निर्देशन नमाने सबै क्रसर बन्द गाउँछु पालिका अध्यक्ष अधिकारीले बताए ।
नयाँ मापदण्ड अनुसार धार्मिक, पुरातात्विक र शिक्षण संस्थाबाट दुई किलोमिटरको दूरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइनेछ । नयाँ मापदण्ड कार्यान्वयनका लागि ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । योसँगै वन, निकुञ्ज र आरक्ष क्षेत्र, घना बस्ती, अन्तर्राष्ट्रिय सीमाबाट समेत दुई किलोमिटर दूरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्नुपर्नेछ ।
यस्तै चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटरको दूरीमा क्रसर उद्योग सञ्चालन गर्नुपर्ने, त्यस्तै खोला नदी किनारबाट, पक्की पुल र राजमार्गको ‘राइट अफ वे’बाट पाँच सय मिटर दूरीमा मात्र उद्योग सञ्चालन गर्नुपर्ने ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी नयाँ मापदण्डमा उल्लेख छ ।
तर, काभ्रेको हकमा भने सरकारी मापदण्ड अनुसार धेरैजसो नभएको तर पैसा र पावरको भरमा क्रसर तथा खानी सञ्चालन हुदँै आएको छ । जिल्लामा ४५ हाराहारीमा खानी तथा क्रसर रहेपनि हाल ३१ सञ्चालनमा आएका छन् ।