डा. केसीले प्रधानन्यायाधीशले गरेको फैसला नमान्ने

काठमाडौँ — प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेको फैसला नमान्ने बताएका छन् ।

आइतबार अपरान्ह कान्तिपुर र डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहसपछि अदालत बाहिर निस्कँदै उनले आफूविरुद्ध परेको मुद्दा आफ्नै इजलाश पार्नु प्राकृतिक

न्यायको सिद्धान्त विरुद्ध भएकोले पराजुलीको निर्णय नमान्ने बताएका हुन् ।
उनले भने, ‘म जबसम्म प्रधानन्यायाधीश रहन्छन् । तबसम्म उनले गरेको, उनको इजलाशले गरेको कुनै पनि फैसला स्वीकार्य हुँदैन।’
केसीले पराजुली आफैंले न्यायालयको अपमान गरेको हुनाले राजीनामा दिनु पर्ने बताए । उनले भने, ‘पराजुली आफैंले सम्पूर्ण न्यायलयको अपमान गरेका छन्, न्यायधीशहरुको अपमान
गरेका छन्, वकिलहरुको अपमान गरेका छन् । त्यसैले उनलाई पदच्यूत गर्नुपर्छ वा महाअभियोग लगाउनु पर्छ ।’
डा. केसीले पराजुलीले संविधान भन्दा माथि रहेर काम गरिरहेको आरोप लगाए ।
कान्तिपुर र डा केसी विरुद्धको अदालतको अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै नेतृत्वमा गठन गरेको बृहत पूर्ण इजलाशमा आइतबारदेखि बहस सुरु भएको छ ।
एक पटक पढ्नुहोस