After header

खानीखोला गापाका अध्यक्ष वडा–वडामै गई सामाजिक सुरक्षा भत्ता, छाता र लौरो वितरण

काभ्रे । काभ्रेको विकट खानीखोला गाउँपालिकाले वडा–वडामै सामाजिक सुरक्षा भत्ता, छाता र लौरो वितरण गरेका छन् । वृद्ध–वृद्धा तथा अशक्त, एकल र विद्युवालाई सहज बनाउन वडा–वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । बैशाख २७ देखि जेठ ०८ गतेसम्म विभिन्न कार्यक्रमाको आयोजना गरी सामाजिक सुरक्षा भत्तासंगै छाता र लौरो वितरण गरिएको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले बताए ।

गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता अब विकट क्षेत्र भएकोले वडामा भने वडा तहबाटै वितरण सुरु गरिएको हो । गाउँपालिकामा सात वडा छन् । जसमध्ये वडा नम्बर ४ मा वडास्तरबाट पहिलो चरणको भत्ता वितरण सुरु गरेको हो ।

यातायात र बैंकसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई समस्या भएपछि वडा तहबाटै भत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) ले बताए । गाउँपालिकाको केन्द्र तालढुङ्गामा एस बि आई बैंक छ । विभिन्न वडाका नागरिकलाई यहाँ आउन समस्या भएपछि वडाबाटै भत्ता वितरण गरेको अध्यक्ष थिङले बताए ।

 

थिङका अनुसार गाउँपालिकामा १ हजार १ सय ०७ जनालाई सामाजिक सुरक्षा भत्ता र ७ सय १३ जना लाभग्राहीलाई छाता लौरो वितरण गरिएको छ । वडा नं. १ मा १ सय ७० जनालाई सामाजिक सुरक्षा भत्ता र १ सय ०३ जनालाई छाता र लौरो त्यस्तै वडा नं. २ मा १ सय ३५ जनालाई सामाजिक सुरक्षा भत्ता र ७५ जनालाई छाता र लौरो, वडा नंं. ३ मा १ सय १६ जनालाई सामाजिक सुरक्षा भत्ता र ७० जनालाई छाता र लौरो, वडा नं. ४ मा १ सय ०३ जनालाई सामाजिक सुरक्षा भत्ता ६८ जनालाई छाता र लौरो वडा नं.५ मा १ सय ५८ जनालाई सामाजिक सुरक्षा भत्ता र ९१ जनालाई छाता र लौरो, वडा न ६ मा १ सय ८८ जनालाई सामाजिक सुरक्षा भत्ता र १ सय २१ जनादालाई छाता र लौरो र वडा नं. ७ मा २ सय ३७ जनालाई सामाजिक सुरक्षा भत्ता र १ सय ८५ जना लाभग्राहीलाई छाता लौरो वितरण गरेको बताए ।

निर्वाचित भए पश्चात जनताको हरेक समस्यको उपचारमा लागेको र आफ्नो कार्यकाल जनताकै सेवामा विताउने सातै वडाका जनताको घरधैलोमा पुगेर आफुलाई दिएको मतको कदर गर्दै अघि बढने यो भन्द पहिला सामाजिक सुरक्षा भत्ता बैंक बाट वितरण गर्दै आएको थियो । भने यो सरकार निर्वाचित पश्चात् लगातार प्रायस र विकटताले गर्दा समयमा वृद्ध भत्ता दिन ढिला भएपनि अबको दिनमा समयमा वृद्ध भत्ता वितरण गर्ने र सातै वडाबाट यस पटक वडाबाटै वृद्ध भत्ता वितरण गरिसके उपाध्यक्ष दोर्जेमान जिम्बाले बताए ।

यस खानिखोला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आउने क्रममा ठाउँ अति विकट भएको र वडा बाट पालिकामा रहेको बैंकमा सामाजिक सुरक्षा भत्ता लिनको लागि धेरै कठिनाइ भएकोले पालिकामा आफ्नो पद समहाल्दै गर्दा पहिलो निर्णय नै सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण गर्ने निर्णय भएको प्रशासकीय अधिकृत जीवन गैरेले प्रकट गरेका छन् ।

७ वटा वडामा विभाजित उक्त गाउँपालिकाले करिब १ महिना लगाएर भत्ता, छाता र लौरो वितरण गरेको हो । ७ वटै वडामा पुगेर पालैपालो वितरण गरेको गाउँपालिका जनाए । ज्येष्ठ नागरिक, अपांगता एकल र विद्युवाहरूलाई सहज किसिमबाट भत्ता उपलब्ध गराउन वडामै बैंकका प्रतिनिधि लगेर बैंकिङ प्रणालीअनुसार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

भौगोलिक रुपममा विकट भएकोले वृद्ध–वृद्धा तथा अशक्त, एकल र विद्युवालाई सहज सेवा प्रदान गर्नका लागि वडा वडामै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले बताए । सामाजिक सुरक्षा भत्ता वडामा पाउँदा धेरैलाई राहत मिलेको बताउदै खानीखोला गाउँपालिकामा लक्षित वर्गको सामाजिक भत्ता बैंकमा आउनुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले बताए ।

वितरण कार्यक्रममा गाउँपालिका अ्रध्यक्ष इन्द्र बहादुर थिङ उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे वडा अध्यक्षहरु क्रमश ः वडा नं.मा सन्त मान थिङ, २मा दसरथ थिङ, ३ मा सागर लामा, ४ मा निशान मोक्तान, ५ मा बुद्धि बहादुर स्याङ्तान, ६ मा बृहस्पति घिसिङ र ७ मा राम बहादुर मुक्तान, पन्जिकरण शाखा प्रमुख खगेन्द्र खुलाल, वडाका वडा सचिवहरु प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल, मित्र भण्डारी, खकेन्द्र थापा, कुल बहादुर गुरुङ, चण्डीका थापा, एस बि आइ बैंकका शाखा प्रमुख विनाय अधिकारी लगायत स्थनीय समाजसेवी विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु सहभागी रहेको थियो ।

एक पटक पढ्नुहोस