After header

काभ्रे पाँचखालका सुभाष अष्ट्रलियामा बेपत्ता

वेपत्ता सुभाषको खोजविन गर्न राजदूतसँग मेयर खरेलको आग्रह

काभ्रे । काभ्रे जिल्ला पाँचखालका एक यूवक अष्ट्रलियमा करीब आज १८ दिनको बेपत्ता भएको खबर प्राप्त भएको छ । उनी किन र कहाँ कसरी बेपत्ता भएको हो भन्ने खबर अहिले सम्म पनि नत घरपरिवार न उनका साथीभाईलाई नै खबर छ ।

यूवाको खोजिकार्य गर्न सहज र सहयोगका लागि पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले राजदूतबास सगँ आग्रह गरेका छन् ।नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिना अघि मात्रै पढ्नका लागि उनी अष्ट्रलिया पुगेको र हाल आएर १७ दिन देखि बेपत्ता भएको कुरा जानकारी मेयर खरेलले गराएका थिए ।

१७ दिनदेखि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का २७ बर्षिय सुभाष बोलखे सिड्नी सहरबाट आज १८ दिनदेखि बित्दा समेत परिवारसँग सम्पर्क विहीन भएका छन् ।पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बाबुसहित परिवारका सदस्य लिएर राजदूतसँग मंगलबार औपचारिक भेटगरी उनको खोजविन गर्न आग्रह गरेका छन् ।

सुभाषको पछिल्लो अवस्था बारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको खरेलले जानकारी दिए । “राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजविन गर्न लगाउने आश्वाशन दिएकोले हामी आशावादी भएका छौँ”, मेयर खरेलले बताए । बाबु सुदर्शन बोलखेका अनुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएको जानकारी दिए ।

“अठार दिनदेखि सुभाष हामीसँग सम्पर्कविहीन भएका छन्, हामीलाई निकै तवान बढिरहेको छ” बोलखेले भने । राजदुतसँगको भेटपछि केही आशा पलाएको उनको भनाई थियो । सुभाष सिड्नीमा पाँचखाल तथा काभे्रपलाञ्चोककै साथीहरुसँग भेटघाट तथा घुमघाम गर्दै आएका उनले बताए ।

नगरप्रमुख खरेलले राजदुतलाई सुभाषको कागजातसहित निवेदन समेत दिएको बताए । सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेभसाइटमा सुभाष हराएको बारे हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको छ । बोलखे परिवारले पनि सुभाषको खोजविनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ ।

सिड्नीस्थित प्रहरी निकायल स्थायी ठेगाना काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वार्ड नं ७ घर भएको नाम सुबास बोलखे बर्ष २८ का अस्ट्रेलियाको बेक्सले सहर देखि हराएका हुदा अस्ट्रेलिया (बेक्सले,कोगारह,बल्मैन,सिड्नी) आसपास अस्ट्रेलियाको कुनै पनि स्थानमा देख्नु हुने मानुभाव ले नजिकको प्रहरी कार्यलय अथवा त्यहाको नम्बर १८००३३३००० र नेपालमा दाजु सुरेन्द्र बोलखे(+९७७–९८४११०३४२१) लाइ सम्पर्क गरेर सहयोग गरिदिनु भन्दै आफ्नो साईडमा सुचना समेत राखिएको छ ।

एक पटक पढ्नुहोस