काठमाडौँ । काठमाडौँको कुलेश्वरमा रहेको काजु गोदाममा प्रहरीले छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले छापा मारिरहेको छ ।
मारवाडी समुदायका व्यापारीले सो गोदाम सञ्चालन गदै आएका छन् । शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा टिम पठाइएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।
उनले भने– ‘अवैध सामान भएको आशङ्कामा चेकजाँच गर्न टिम परिचालन गरिएको हौं, त्यसभित्र केकस्ता सामान रहेको छ पछि सार्वजनिक गर्ने उनले बताए ।
