After header

रौतहट प्रहरीद्वारा फरार प्रतिवादी पक्राउलाई तिव्रता

रौतहट । रौतहट प्रहरीद्वारा फरार प्रतिवादी पक्राउलाई तिव्रता दिएको जनाईएको छ । फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका १७ जना प्रतिवादी लाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।

पक्राउ पर्नेमा कुटपिट मुद्दामा संलग्न गरुडा नगरपालिका ७ का रामदेव यादवसहित १३ जना, वडा ५ का अभद्र व्यवहार मुद्दाका कारण यादव रहेको रायले जानकारी दिए । उनका अनुसार वडा १ का सवारी अङ्गभङ्ग मुद्दाका हरिशचन्द्र यादव र गौर ३ का अनुचित लेनदेन मुद्दाका भागराथ साह रहेको उनीहरूबाट कैदसंगै १ लाख ८० हजार जरिवाना असुल तथा कारबाहीको लागि जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार उपस्थित गराइएको उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस