After header

राप्रपा काभ्रे अध्यक्षमा सहदेव सर्वसम्मत निर्वाचित

काभ्रे । राप्रपा काभ्रेको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सहदेव भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनसम्म चलेको आठौं अधिवेशनले भण्डारी नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षहरूमा नवराज सत्याल, इच्छाराम थापा र गीता कुमारी शाही, सचिवमा जीवन कुमार गोले, सहसचिवमा भगवान पराजुली र दामोदर थापालाई निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा हिरा बजगाई, भिमसेन भुजेल, रूपक खरेल, रेमण्ड कर्माचार्य, पूर्ण बहादुर विश्वकर्मा, विनय महत, चेत बहादुर ब्लोन, रमेश प्रसाद दाहाल र लिलादेवी खड्का श्रेष्ठ निर्वाचित भएका छन् ।

आकांक्षी उम्मेदवारबीच सहमति कायम गरि भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

एक पटक पढ्नुहोस