काभ्रे । काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावती नदीमा मोटरबोट सञ्चालननार्थ गाउँपालिकाले एक बर्षअघि महाङ्काल वाटर सर्भिसबीच सम्झौतासमेत गरेको थियो ।
मोटरबोट सञ्चालनका लागि हाल परीक्षणकार्य भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार हाल एक मोटरबोटले नदीमा पानीको बहावअनुसारको रुट तथा बाधा अड्चन आउसक्ने स्थान र सम्भावित जोखिमको पहिचान भइरहेको छ ।
परीक्षणका क्रममा दोलालघाटस्थित दुई नदीको सङ्गमस्थलबाट उत्तरतर्फ इन्द्रावती नदी तथा पूर्वी क्षेत्रमा सुनकोशी नदीमा मोटरबोटले सफलरुपमा सञ्चालन भएको जनाइएको हो । पहिलोपटक गत हप्ता गरिएका परीक्षणबाट अवरोध नदेखिएको भुजेलले बताए ।
परीक्षणले राम्रो सम्भावना देखिएको प्राविधिकले बताएका छन्, आवश्यक थप परीक्षणबाट कसरी सञ्चालन गर्ने भन्नेबारे दुई पक्षबचि छलफल गर्नेछौँ”, उनले भने । सरकारको केन्द्रीय कार्यक्रमअनुसार दोलालघाटदेखि सुनसरीको चतरासम्म सञ्चालन गर्ने योजना बनाइएको उनले जानकारी दिए ।
सफल परीक्षणपछि पहिलो चरणमा दोलालघाटदेखि खहरेघाटसम्म करिब एक किलोमिटरमा मोटरबोट सञ्चालन गरिनेछ । पहिलो चरणमा मनोरञ्जनात्मक रुपमा एक किलोमिटरको दूरीमा आवश्यकताअनुसार थप मोटरबोट ब्यवस्थापन गरी सञ्चालन गरिने जनाइएको हो । मोटरबोट सञ्चालनले आन्तरिक एवं बाह्य पर्यटकमार्फत भुम्लुको पर्यटन प्रबद्र्धधन तथा अन्य विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दोलालघाटबाट चतरासम्म सञ्चालन हुने भएपछि गाउँपालिकाले एक मोटरबोट खरीद गर्नेसम्मको योजना बनाइएको भुजेलले जानकारी दिए । पर्यटन प्रबद्र्धनको उद्देश्यसाथ दोलालघाटदेखि सिन्धुलीको नेपालथोकसम्म सुनकोशी नदीमा करिब पाँच किलोमिटरको दुरीमा ¥याफ्टीङ सञ्चालन गर्दै आइएको छ ।