After header

लामिछानेलाई राती ३ बजे पोखरा लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएराति ३ः३० बजे पोखरा लगिएको छ । चितवनको सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर बयान सकिएपछि राति उनलाई पोखरा लगिएको प्रहरीले जनाएको छ ।

जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।

हिजो दिउँसो लामिछाने बयान चलिरहँदा हिजो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको थियो । आज पनि प्रदर्शन हुनसक्ने भएकोले लामिछानेलाई राति नै पोखरा लगिएको हो ।

एक पटक पढ्नुहोस