After header

नागरिकको स्वास्थ्य बिमा पाँच लाख पु¥याउँछौं ः मन्त्री पौडेल

काभ्रे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले नागरिकको स्वास्थ्य विमाको रकम रु एक लाखबाट रु पाँच लाख पु¥याउनेमा सवस्थ मन्त्रलाय र आफू लागि परेको बताएका छन् । आज शुक्रबार काभ्रेको बनेपामा अर्बुद रोग निबारण संस्थाको आयोजित ३४औँ केन्द्रीय सभाको उद्घाटन गर्दै मन्त्री पौडेलले यसका लागि स्रोतको खोजि भईरहेको बताएका छन् ।

उनका अनुसार मन्त्रालयले यसका लागि केहि सुझाव समितिका लागि स्वास्थ्य विज्ञ टोली निर्माण गरिएको समेत बताए । उनले विज्ञटोलिले मन्त्रालयलाई सुझाव सहित प्रतिवेदन बुझाईसकेको बताए । उनका अनुसार अब केहिदिन भित्रमा प्रतिवेदन अनुसार बिमाको रकम बढाउने तिर लाग्ने समेत उनले दावी गरे ।

विज्ञ टोलीले आज मात्रै विमा रकम कसरी रु पाँच लाख पु¥याउन सकिन्छ भनेर सुझाव प्रतिवेदन बुझाएको छ, त्यसलाई कसरी कार्यान्वन गर्ने भन्ने तरखरमा अघि बढ्नेछौँ”, मन्त्री पौडेलले भने । उनले स्वास्थ्य मन्त्रालयले गर्नसक्ने गर्ने र अन्य विषमा सरकारले निर्णय गरेर कार्यान्वन गर्ने समेत उनको भनाई थियो । सबै नागरिकलाई उपचार सुविधा पु¥याउन रु पाँच लाख पु¥याउनुपर्छ भन्दै आएका छौँ, यसले क्यान्सरलगायत जटिल रोग लागेका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास गरेका छौँ, कार्यान्वयन गर्ने अठोट पनि लिएका छौँ”, उनले भने ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा अन्य सुधारका कार्यक्रम ल्याएको बताए । विमाको ट्रेजरी झण्डै रु खर्बको बनाउने विषयमा कुन क्षेत्रबाट कसरी बनाउने भन्ने प्रष्ट ब्यबस्था गरिएको स्थिति छ । स्वस्थ कर कोष रु छ अर्बको रहेकाले त्यसलाई रु १८ अर्ब बनाउनेबारे प्रस्ताव गरिएको उनले बताए । तलब खाने कर्मचारीलगायतले प्रिमियम तिरेर हैन, तलबबाट दुई प्रतिशत विमा कोषमा योगदान गर्नुपर्छ, कर तिर्नेबाट शुन्य दशमलव दुई प्रतिशत, तलब पनि नखाने कर पनि नर्तिर्नेले मात्रै प्रिमियम रकम र प्रिमियम पनि तिर्न नसक्नेको सरकारले विमा उपचार दिनुपर्छ भन्ने प्रस्ताव हो,उनले भने ।

मन्त्री पौडेलले सरकारबाट स्वास्थ्य क्षेत्रमा बिनियोजित रकम अपर्याप्त भएको बताए । यही हाराहारीको बजेटले अधिकतम् लाभ लिन सकिएको छैन, स्वास्थ्य क्षत्र ठूलो र गम्भीर विषय भएकाले सरकारले यसलाई बजेटमा पहिलो प्राथमिकता दिनु पर्ने उनको भनाई थियो । उनले मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार देशब्यापीरुपमा महिलामा स्तन तथा पाठेघरको क्यान्सर उपचारका लागि ‘स्क्रिनिङ’कार्य भइरहेको बताए ।

मन्त्री पौडेलले क्यान्सर लागेकाले आफ्नै प्रदेशमा ‘केमो’ सेवा लिसक्ने गरी बिस्तार गरेको स्मरण गर्दै क्यान्सरको क्षेत्रमा अन्य योजना र कार्यक्रम तय गरिएको बताए । अर्को ठूलो कार्यक्रमअन्तर्गत आगामी माघमा देशभरका १६ लाख दशदेखि १४ बर्ष उमेरसमुहका बालबालिकाको लागि पाठेघरको मुखमा हुनसक्ने क्यान्सर (एचपीभि)विरुद्ध खोप अभियान सञ्चालन गर्दैछौँ, यसले भविष्यमा हुनसक्ने क्यान्सरको रोकथाम गर्ने विश्वास लिएका छौँ, उनले भने ।

मन्त्रालयले विभिन्न संस्थासँग मिलेर निरोगिताका लागि नागरिक आफैंले के गर्न हुने नहुने भन्ने बारे ‘निरोधात्मक चेतना बिस्तार अभियान’ सञ्चालन गर्ने उनले बताए ।

एक पटक पढ्नुहोस