After header

रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत

बुटवल । रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी प्रहरी जनाएको छ । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका–२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले बताए ।

डिएसपी पण्डितले भने, ‘खाजा घरमा काम गर्दै आएकी थिइन् । आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं।’ उनका अनुसार गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाईएको र थप अनुसन्धान भरहेको छ । मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् । सोही खाजा घरको कोठामा उनी बस्ने गर्दथिन्। उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेकी थिइन् ।

 

एक पटक पढ्नुहोस