राजपा सरकारमा नजाने

सांसद रेशम चौधरीले अनसन र शपथलाई मुख्य मुद्दा बनाएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का लागि सरकारमा जाने बाटो सकसपूर्ण देखिएको छ ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार राजपा नेपाल अब सरकारमा सहभागि हुने छैन ।

रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘राजपा नेपालका लागि सरकारमा सहभागि हुने च्याप्टर नै लगभग क्लोज भएको छ ।’

संविधान अनुसार २५ वटा मन्त्रालय भन्दा बढी राख्न पाइदैन । शुक्रबार तेस्रो पटक मन्त्रीपरिषद विस्तार हुँदा चारजना राज्यमन्त्री सहित २२ वटा मन्त्रालय पुगिसकेका  छन् । अब एक राज्यमन्त्री र दुई मन्त्रालय बाँकी छ । जुन फोरम नेपालका लागि राखिएको छ ।

प्रशासन विज्ञ काशिराज दाहालले  संविधानअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन नपाइने भन्दै यदी मन्त्रालय बढाइए त्यो संविधान विपरित हुने बताए ।
उनले भने, ‘मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री जे–जे बनाएपनि त्यही २५ भित्र बनाउनुपर्छ । २५ भन्दा एउटा पनि मन्त्री बढाउन सकिँदैन । यदि बढाइए त्यो सविधान विपरित हुन्छ ।’

पर्यटनमन्त्री रविन्द्र अधिकारीले पनि फोरम नेपाल सरकारमा आए पनि राजपा नेपाल नआउने बताए ।

एक पटक पढ्नुहोस