After header

टाइगरको नया आशा

सन् २०१४ मा प्रदर्शन भएको चलचित्र हीरोपन्थी तथा २०१६ मा प्रदर्शनमा आएको बागी जस्ता सफल चलचित्र दिने अभिनेता टाइगर श्राफलाई ए फ्लाइङ जट तथा मुन्ना माइकलको असफलताले निराश बनायो ।

एक पछि अर्को गर्दै आफ्ना दुई चलचित्र फ्लप भएपछि यी अभिनेता त्यस्तो चलचित्रको खोजिमा थिए, जसले कम्तीमा १ सय करोड रुपैयाँको व्यवसाय गरोस् । एउटा रमाइलो कुरा चाहिँ के भने ती दुई चलचित्र असफल भए पनि टाइगरलाई असफल मानिएन । टाइगरलाई मन पराउनेहरू आज पनि उत्तिकै छन्, अथवा अझ बढेका छन् ।

ती दुई चलचित्र नै यति खराब थिए, टाइगरको स्थानमा अरू कुनै सुपरस्टार भए पनि असफल नै हुन्थे । टाइगरको गल्ती के मात्र थियो भने उनले गलत चलचित्र छनोट गरेका थिए, जसको परिणाम उनैले भोग्नु पर्‍यो । यसबीच उनको असफलताको श्रृंखला अब भने रोकिने सम्भावना छ । एक महिनापछि अर्थात ३० मार्चका दिन प्रदर्शनमा आउने चलचित्र बागी–२ मार्फत उनी पुन: सफल हुने अनुमान गरिएको छ ।

चलचित्रको हालै सार्वजनिक ट्ेरलर सुपरहिट भैसकेको छ । ट्रेलरमा प्रस्तुत भएका टाइगरले सबैको मन जितेका छन् । चलचित्रको एक्सनका साथै टाइगरको गेटअपले समेत प्रशंसा पाएको छ । कतिपयले यो चलचित्र सफल मात्र होइन सय करोड क्बलमा समेत सहजै प्रवेश गर्ने अनुमान गरेका छन् ।

 

एक पटक पढ्नुहोस