काभ्रे । काभ्रेको बनेपामा आज सोमबार राजवादी समर्थनहरुले प्रर्दशन गरेका छन् । राजसंस्था फर्काउन माग गर्दै बनेपामा राजावादीहरुले प्रर्दशन गरेका थिए । बनेपाको गोदामचोकबाट प्रर्दशन शुरु गरेका राजावादीहरुले बनेपा नगर परिक्रमा पछि चारदोवाटोमा कोणसभा गरेका थिए ।
जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी संगठित भएका राजावादीहरुले राजधानीमा १५ गते हुने हुने आन्दोलनको पुर्व तयारी स्वरुप बनेपामा कार्यक्रम आयोजना गरिएको जनाएका छन् । नेपाल सुधार भैलको संयोजकत्वमा गठित २१ सदस्यीय संयुक्त राष्ट्रबादी नागरिक आन्दोलन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

समितिका सदस्य हेमशंकर गिरीले आन्दोलन जारी रहने भएकाले संयम तथा शान्तिपूर्ण आन्दोलनमा सहभािग हुन उनले अनुरोध गरे । आन्दोलनमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले धारणा राखेका थिए । समितिमा आरजु केसी, प्रेम बैदार, गणेशलाल श्रेष्ठ, दिपक तिमल्सिना, कोकिल थापा, रामचन्द्र देउजा, जीवन लामा, सुरेश सापकोटा, जयराम थापा, कपिन्द्र देउजा, रामकला बराल, जीवनकुमार लामा, निर्मला विक, मिनोज थापा, बलदेव केसी, रोशन श्रेष्ठ, हेमशंकर गिरी, समिर शर्मा, विष्णु सापकोटा, सुनिल खड्का रहेका छन् ।
