काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले काठमाडौको तिनकुनेमा भेला हुन सुरु गरेका छन् ।
काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु भएको शो । राष्ट्रिय झन्डा र राजाअंकित तस्बिर बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् ।नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो प्रदर्शनमा साथ दिएको छ ।


