After header

काठमाडौमा आन्दोलन र कफ्र्यु लाग्दा काभ्रेमा यात्रु अलपत्र

काभ्रे । काठमाडौमा आन्दोलन र कफ्र्यु लाग्दा काभ्रेमा यात्रु अलपत्र परेका छन् । सवारी साधनलाई काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । बिपी राजमार्ग हुँदै काठमाडौं हिंडेका गाडीलाई भकुन्डेबेशीमा र अरनिको राजमार्ग हुँदै काठमाडौं हिडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको बताईन् ।

एक पटक पढ्नुहोस