After header

बस दुर्घटनामा तिनको मृत्यु

काठमाडौं । बस दुर्घटना हुदाँ तिनजनाको ज्यान गएको छ । धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु र ११ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो । प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

एक पटक पढ्नुहोस