After header

हातपात गरेको भन्दै वडा अध्यक्ष पराजुली पक्राउ

पोखरा । हातपात गरेको भन्दै वडा अध्यक्ष पराजुली पक्राउ प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायीले मंगलबार किटानी जाहेरी दिएका थिए ।

व्यवसायी लेखनाथ सुवेदीको जाहेरीको आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।

पराजुलीले पोखरा महानगरका कर्मचारी ईश्वरीप्रसाद पोख्रेलमाथि पनि मंगलबार नै कुटपिट गरेको आरोप छ । कुटपिटको विरोधमा महानगरपालिकाका कर्मचारीले बुधबार सेवा–प्रवाह ठप्प पारे ।

एक पटक पढ्नुहोस